दफा ६५७
उपचारको खर्च सोधभर्ना गर्नुपर्नेः

कुनै व्यक्ति दुर्घटनामा परी वा अन्य कुनै कारणले गम्भीर बिमारी भएमा निजको एकासगोलको हकदार, नातेदार वा आफन्त बाहेक अन्य कसैले स्वेच्छाले उपचार गरे वा गराएकोमा त्यसरी उपचार गर्दा लागेको खर्च हकदार, नातेदार वा आफन्तले त्यसरी उपचार गर्ने वा गराउने व्यक्तिलाई शोधभर्ना गर्नु पर्नेछ ।

तर उपचार खर्च दाबी नगर्ने उद्देश्यले उपचार गरे वा गराएकोमा शोधभर्ना गर्नु पर्ने छैन ।